प्रबुद्ध समुहको बैठक सम्पन्न : ओली र मोदीको सम्बन्धमा सुधार

काठमाडौा । नेपालको राजनीतिमा सदैव चासो राख्ने भारतको संस्थापन पक्ष र नेपाली राजनीतिको केन्द्रविन्दू बन्दै आएका वर्तमान प्रधानमन्त्री के. पी. शर्मा (ओली) को सम्बन्धको बीचमा आफ्नै खालको ग्राफ छ । जसरी प्रारम्भिक चरणमा भारतसँग राम्रो सम्बन्ध भएको नेताको रुपमा परिचित प्रधानमन्त्री ओली पहिलोपटक नेपालको ३८औं प्रधानमन्त्रीको रुपमा बागडोर सम्हाल्न सिंहदरबार छिरेका थिए, भारतसँगको सम्बन्धमा चिसोपना आएको थियो ।

तर, पुन ४१औं प्रधानमन्त्रीको रुपमा सिंहदरबार छिरिरहँदा भारतसँगको सम्बन्ध क्रमिक रूपमा फष्टाउँदो छ । समयले पुनस् फेरि ओली र मोदीलाई नजिक ल्याएको देखिन्छ ।

नेपाल् –भारत बीचको सम्बन्धलाई थप सुदृढ र सुमधुर बनाउने उद्देश्यले गठन भएको प्रबुद्ध समूहको छलफलमा दुई देशबीच भएका सन्धिको पुनरावलोकन, खुला सिमानामा उत्पन्न समस्या तथा त्यसको समाधानका विषयले प्रवेश पाएको छ । आईतबार सम्पन्न बैठकले दिने प्रतिवेदन दुवै देशका लागि सकारात्मक हुने आँकलन गरिएको छ ।

विशेषतः नेपालले सन् १९५० मा भएको असमान सन्धी खारेज वा पुनरावलोक गर्नुपर्ने विषय उठान गरेको छ । नेपाल संयोजक पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका डा. भेषबहादुर थापा र भारतीय पक्षका संयोजक भगतसिंह कोशियारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउने गरी प्रतिवेदन ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसले दुई देशबीचको सम्बन्धमा आएको गतिरोधलाई न्यूनीकरण गर्ने अनुमान छ । यसले नेपालले उठाउँदै आएको उक्त सन्धी परिमार्जन वा खारेज गर्नेमा भारत सकारात्मक देखिन्छ । यसो हुँदा नेपाल–भारत बीचको सम्बन्धले नयाँ गति लिने र दुबै मुलुकका लागि यो कोशेढुङ्गा सावित हुनेछ ।

पूर्वमन्त्री डा। थापाले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने र समयसापेक्ष आधार खडा गर्ने उद्देश्यमा कुनै उतारचढाव नआएको बताए । ‘अहिलेसम्म १९५० को सन्धिदेखि लिएर सीमासम्मका विषयमा आफ्ना अवधारणा प्रस्तुत गरिएको छ, यसलाई सकारात्मकबाहेक अरु केही भन्न सकिँदैन,’ उनले आईतबार भनेका छन् ।

त्यस्तै भारतीय पक्षका संयोजक कोशियारीले इपिजीको प्रतिवेदनबाट कोही पनि निराश नहुने विश्वास व्यक्त गरे । उनले भने, ‘म भारतीय सरकारको पक्षबाट यो प्रतिबद्धता व्यक्त गर्छु कि प्रतिवेदनबाट दुई पक्ष खुशी हुनेछन्, कोही पनि निराश हुनुपर्ने छैन ।’

उनको यो भनाईबाट नेपालमा आन्तरिक रुपमा सधैँ वहसको विषय हुँदै आएको १९५० सन्धीको असन्तुष्टि अब अन्त्य हुने देखिन्छ । यसो हुँदा नेपाललाई भन्दा बढी भारतलाई नै फाईदा पुग्नेछ । यसले नेपालमा हुँदै आएको भारतविरोधी गतिविधि र भावना सेलाउँदै जानेछ । यदि नेपालले उठान गर्दै आएको यो विषयलाई भारतले गम्भीर रुपमा लिई त्यसको समाधानतर्फ तत्पारता देखाए दक्षिण एसियाकै नेतृत्व लिन हतारिरहेको भारतलाई छिमेकी मुलुक नेपालको साथ र सहयोग हुने देखिन्छ ।

भर्खरै सम्पन्न प्रबद्ध समूहको प्रतिवेदन दुई देशलाई नै अपनवत्व हुनेगरी आउने नेपाल र भारतका संयोजकद्वय डा. थापा र कोशियारीले बताईरहँदा नेपाल–भारत सम्बन्धमा सुधार भएको महशुस हुन्छ ।

उनीहरुले केही महिनाभित्र सकारात्मक प्रतिवेदन दिइने विश्वास दिलाउँदै आफूहरुले सकारात्मक वार्ताका माध्यमबाट दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको बताएका छन् । वास्तवमै प्रबद्ध समूहको प्रतिवेदनमा दुबै मुलुकले टू विनको रुपमा सामुहिक खुसी ल्याउनसके नेपाल–भारतको सम्बन्ध साँच्चिकै ‘असल छिमेकी’मा परिणत हुने देखिन्छ ।

सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धिसम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका साथै नेपाल–भारत बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नकै लागि प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भएको थियो । सोही अनुसार सन् २०१६ जुलाईमा पहिलो बैठक बसेको थियो ।

यस समूहले दूरगामी प्रभाव बोकेको १९५० को सन्धीको समाधान गरी दुई मुलुकबीच सहिष्णुता दिनसकेमा मुख्य लक्ष्यप्राप्ति भएको ठानिनेछ । प्रबुद्ध व्यक्ति समूहको कार्यकाल आगामी चार महिनापछि समाप्त हुँदैछ । यसको अर्को बैठक अब नयाँ दिल्लीमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्