कुमारी बैंकको निःशुल्क एन्टिजेन टेस्ट क्याम्प

काठमाडौं , भदौ १८ । कुमारी बैंकले कोभिड–१९ को परीक्षणका लागि ‘निःशुल्क एन्टिजेन टेस्ट क्याम्पु आयोजना गरेको छ । काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा भदौ १८ गते बैंकले क्याम्प आयोजना गरेको हो ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट १५ मिनेटमा नै दिइएको थियो । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाविरुद्धको लडाइमा सहयोग गर्ने उद्देश्यले सो कार्यकम आयोजना गरेको जनाएको छ ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिष्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ्ग इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ।

प्रतिक्रिया दिनुहोस्