प्रभु बैंकले समस्याग्रस्त क्यापिटल मर्चेन्ट फाइनानसलाई प्राप्ति गर्ने
काठमाडौं, भदौ १८ । प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त वित्तीय संस्था घोषणा भएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने भएको छ ।
बैंकको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले मर्जररएक्विविसन समितिको सिफारिस अनुसार क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझ्दारीपत्र अनुमोदन गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले खराब कर्जा बढेको सञ्चिती नोकसानी बढेर नेटवर्थ नै नेगेटिभ भएपछि २०६९ माघ ९ गते कम्पनीलाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्