मुक्तिनाथ विकास बैकको डिबेञ्चर २०८४/८५ सूचिकृत

काठमाडौँ , भदौ १८ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका बीच बिहिबारका दिन ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ को क्रम संख्या १ देखि १२,५०,००० सम्मको अंकित तथा चुक्ता मूल्य रु. १०००/– कायम भएको कुल १२,५०,००० कित्ता ऋणपत्रको सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

बैंकले सर्वसाधारण समक्ष सानिमा क्यापिटल लि.(धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कम्पनी) मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको १२,५०,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको मिति २०७८/५/१५ गतेको निर्णयानुसार सूचिकरण भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्