आज सामान्य बढ्यो नेप्से , कारोबार रकम नौ अर्ब ३५ करोड रुपैयाँमा सीमित

काठमाडौं, भदौ १६ । हिजो मङ्गलवार ६९ अङ्कले घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । नेप्से आज एक दशमलव १४ अङ्कले बढेर दुई हजार नौ सय ७६ दशमलव ९८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ समूहको शेयर आठ अङ्कले बढेको छ, यस्तै होटलको एक सय ३० र जीवन बीमा समूहको शेयर ७४ अङ्कले बढेको छ । आज फाइनान्स समूहको शेयर ९० अङ्कले घटेको छ । यस्तै विकास बैंकको ४०, जलविद्युतको २०, माइक्रोफाइनान्सको ६, उत्पादनको साढे दुई र अन्य समूहको शेयर साढे एक अङ्कले घटेको छ ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर साढे ७ प्रतिशतले बढेको छ भने खानीखोला हाइड्रोको शेयर झन्डै आठ प्रतिशतले घटेको छ ।

आज दुई सय २६ कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्