सुनसरीको चिमडीमा लक्ष्मी बैंकको नयाँ शाखा
काठमाडौं , भदौ १६ । लक्ष्मी बैंकले सुनसरी बर्जु गाँउपालिका ६, चिमडीमा आफ्नो १३५ औं शाखा विस्तार गरेको छ ।
उक्त शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेका जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्