प्रभु क्यापिटलले ल्यायो तीजको अवसर पारेर ‘प्रभु ऐश्वर्य योजना’

काठमाडौं, भदौ १६। प्रभु क्यापिटलले तीजको अवसर पारेर नयाँ प्रडक्ट ‘प्रभु ऐश्वर्य योजना’ सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत उक्त योजना ल्याएको हो । कम्पनीले महिलालाई केन्द्रीत गरेर उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना ल्याएको बताएको छ ।

योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाख रूपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् । उक्त योजानमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउने अवधारणाले उक्त योजना ल्याएको क्यापिटलले जनाएको छ । योजनामा संलग्न ग्राहकले क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउँछन् ।

त्यस्तै ग्राहकहरुले उत्कृष्ट मार्केट रिसर्च रिपोर्ट र समर्पित रिलेसन्सिप म्यानेजर जस्ता सुविधा पनि पाउने व्यवस्था गरिएको छ । ग्राहकले थप कुरा बुझ्नका लागि प्रभु क्यापिटलमा सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्