आइएमई पे एपबाट क्यु आर स्क्यान गर्दा १ हजार जित्न सकिने

काठमाडौं , भदौ १६ । आइएमई पे एपबाट क्यु आर स्क्यान गर्दा १ हजार जित्नसक्ने योजना सार्वजनिक गरेको छ ।

‘एप एक क्यु आर अनेक’ भन्ने नारासहित आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त योजना भदौदेखि असोज १६ सम्म लागु हुनेछ । नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आरमा सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्