कलाकार निशा घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी, स्थ्यबोर यस्तो छ भनाई

काठमाडौं , भदौ १५ । नर्भिक अस्पतालमा उपचाररत नायिका तथा मोडल निशा घिमिरेको अवस्थाबारे आज९मंगलबार० पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

भारतमा सडक दुर्घटनामा परी गम्भिर घाइते भएकी घिमेरको अवस्थामा खासै सुधार नआएको समेत अस्पतालले जानकारी गराएको छ ।

उनको करिब तीन महिना निर्भिक अस्पतालमा उपचार गर्दा समेत स्वास्थ्यमा अपेक्षित सुधार हुनसकेको छैन । अस्पतालका अनुसार दुर्घटनापछि घिमिरेको ब्रेनमा ड्यामेज भएको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले अहिले कोसिसका बाबजुद उनको अवस्थामा सुधार हुन नसकेको हो ।

उनको उपचारमा नर्भिकले सबैखालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकेको अस्पतालले जनाएको छ । निशाको उपचारको नेतृत्व गरेका डा।पंकज जलानले सबै विकल्पमा गएर उपचार गरिएको तर सुधार नआएको बताए । उनका अनुसार निशाको दुर्घटनामा ब्रेन इन्जुरी भएको र त्यसको अवस्था निकै जटिल रहेकोले पूर्णरुपमा सामान्य हुने अवस्था छैन ।

केही म्युजिक भिडिओ र केही फिल्ममा समेत अभिनय गरेकी घिमिरेको उद्दार गरि अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ । कलाकार घिमिरेको नर्भिकका प्रबन्ध संचालन मेघा चौधरीले गत जेठ २७ गते केही समाजसेवीको सहयोगमा उद्धार गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ र उनलाई राम्रो रिहाब सेन्टरको आवश्यकता रहको अस्पतालले जनाएको छ ।

हालसम्म निशाको उपचारमा ५० लाखभन्दा बढी रकम खर्च भएको र उपचारका लागि कसैबाट पनि सहयोग नलिएको नर्भिक अस्पतालले जनाएको छ । घिमिरेको उपचारका लागि सहयोग रकम संकलन गरिएको भन्ने बारे अस्पताल अनभिज्ञ रहेको समेत बताइएको छ ।

त्यस्तै, पत्रकार सम्मेलनमा निशाका बुवा प्रेम घिमिरेले छोरीलाई लिएर टीकटक लगायतका सामाजिक संजालमा भ्रामक भिडिओ पोस्ट भएको भन्दै कार्वाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्