नेपाल एसबिआई बैंक लि. र आइसिएफसी फाइनान्स लि. बिच सम्झौता
काठमाडौं , भदौ १३ । नेपाल एसबिआई बैंक लि. र आइसिएफसी फाइनान्स लि. बिच सम्झौता भएको छ ।
बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको हो । यस सम्झौताअन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंक मार्फत लेटर अफक्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्ेटन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् ।
नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा आइसिएफसी फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत अमितश्रेष्ठबिच उक्त सम्झौता आदान प्रदान भएको हो ।
प्रतिक्रिया दिनुहोस्