को हुन् पारस शाहको अभिनय गर्ने भरतमणी पौडेल ?
काठमाडौं, भदौ १३ । अहिलेको चर्चाको विषय हो भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरेको , शनिबार प्रशारण भएको शोमा भरतमणीले पूर्व यूवराज पारस शाहको अभिनय गरे । कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन् । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणीको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ ।
एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए । जसलाई धेरैले मन पराएका छन् ।
‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणी पौडेल । ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए ।भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।
यता पारस शाह बन्नका लागि भरतमणीले डेढ बर्ष अगाडि नै सोच बनाएका थिए त्यो सोचको इच्छा कमेडी च्याम्पियनको स्टेजले बनाइदियो र त्यो पाएपछि मौका गुमाउन उनले चाहेनन् । –‘म एउटा राम्रो स्टेजको पर्खाइमा थिएँ । कमेडी च्याम्पियनको स्टेज भन्दा अर्को उत्कृष्ट ठाउँ नै थिएन । यसैले, यही स्टेजमा पारस शाहको अभिनय गरेको हुँ ।’ उनले भनेका छन् ।
भरतले पारसको हाउभाउ र बोली दुरुस्तै उतार्नका लागि सजिलो भने थिएन् । सुरुमा उनका अन्तरवार्ताहरु हेरेको उनले बताएका छन् । उनले भने–‘मैले उहाँको बोल्ने, हिड्ने, नाच्ने सबै शैलीहरुलाई सुक्ष्म रुपमा अध्ययन गरेको थिएँ । पारस शाहको लबज निकाल्न भने समय लागेको भरतले बताएका छन् । भरतमणी भन्छन् आफूले कहिले पनि स्टेजमा कोशिश गरेको थिएन् ।
भरतमणीले फाइनलमा प्रवेश गर्नु पूर्व पारस शाहको चरित्र निर्वाह गरेपछि धेरैले उनलाई ‘शक्तिशाली अस्त्र’ प्रयोग गरेको भनेर प्रतिक्रिया दिइरहेका छन् । तर, भरतको प्रस्तुतिको ट्रेलर मात्र सार्वजनिक हुँदा कतिपयले उनलाई राजपरिवारको खिल्ली उडाउन खोजेको भनेर आरोप समेत लगाएका थिए । तर, पुरा कार्यक्रम प्रशारण भएपछि भने भरतले प्रशंसा नै प्रशंसा पाएका छन् ।
भरतमणी आफू स्ट्यान्ड अप कमेडीमा नै केन्द्रित हुने बताउँछन् । उनी, सामाजिक संजालमा टिप्पणी भए जस्तो आफूले मुख बङ्ग्याएर अभिनय नगरेको बताउँछन् । उनले भने–‘सबै कुरा क्यारिकेचरको मात्र होइन । मैले प्रस्तुत गरेका बिषयलाई दर्शकले मन पराउनु भएको छ । मसँग पैसा छैन । तर, पनि देश तथा विदेशबाट मेरो प्रस्तुति मन पराएर दर्शकले भोट गरिदिनुभएको छ ।
यता कमेडि च्याम्पियनका भरतमणि पौडेलको प्रतिभालाई नेताहरुले पनि तारिफ गरेका छन् । नेकपा एमालेका नेता योगेश भट्टराईले उनको प्रतिभाको तारिफ गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् शनिबार कमेडी च्याम्पियनमा भरतमणिको धमकेदार र बबाल प्रस्तुती हेर्दा उनको प्रतिभाले एक पछि अर्को भुगोललाई छिचोल्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्