एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच सवारीसाधन कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं, भदौ ११ । एसबीआई बैंक र सिप्रदी ट्रेडिङबीच सवारीसाधन कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र सिप्रदी ट्रेडिङ प्रालिबीच सिप्रदी ट्रेडिङ प्रालिका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौता बैंकका रिटेल तथा एसएमई प्रमुख बद्री लाल अमात्य तथा सिप्रदी ट्रेडिङ प्रालिका बिक्री तथा प्रबन्ध महाप्रबन्धक अनुप मनि ढकालबीच सम्पन्न भएको हो।

उक्त समारोहमा बैंकका प्रमुख कर्जा अधिकृत विनोद कुमार ढुंगेलका साथै सिप्रदी ट्रेडिङ प्रालिका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थिति थियो।

यस बैंकले ८८ शाखा, १९ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्