पत्रकारीताको नाममा ठगी गर्नेलाई कसले गर्ने कारबाही ?

काठमाडौं । प्रेस राज्यको चौथो अंग हो । यस्ता महत्वपूर्ण स्थानमा रहेर कामगर्ने जो कोही उच्च चरित्रवान् हुनु आवश्यक छ । तर यसै पेसालाई ठगीखाने धन्दा बनाउनेहरुले पत्रकारिता पेशाकै बद्नाम गराएका छन् । आफूलाई वरिष्ठ र पुरानो पत्रकार भन्ने गोरखा घर भई हाल रानीबारी काठमाडौंमा स्थायी बसोबास गर्ने भरत पन्त एक पत्रकारले पत्रकारिता पेशाको दुरुपयोग गर्दै ठगी धन्दा चलाएको खुलासा भएको छ । 

पर्वत मल्लाज स्थायी घर भई हाल नयाँबाजारमा बसोवास गर्ने गोबिन्द कार्कीले पन्तबाट आफू ठगिएको समाचार उजागर गरेपछि उनको कर्तुत बाहिरिएको हो । पन्तले उनीबाट ३ वर्षअघि रु. ५ लाख लिएर पटक–पटक पैसा फिर्ताको लागि ताकेता गर्दापनि अहिलेसम्म फिर्ता नगरेको र ब्यालेन्स नभएको चेक दिएर झुक्याएपछि कार्कीले चेक बाउन्सको कागजपत्र सहित सञ्चारमाध्मलाई उनको कर्तुतबारे जानकारी गराएका हुन् । 

आफ्नो छोरा अमेरिकामा भएको र त्यतिपैसा तिर्नु कुनै समस्या नभएको भन्दै धाक लगाए पनि यस विषयमा अमेरिकामा रहेका उनको छोरालाई जानकारी दिँदा उनले कुनै जवाफ नफर्काएको पीडित कार्कीले जानकार दिए । समाचार प्रकाशन पछि पनि रकम फिर्ता गर्न आलटाल गरेमा प्रहरी प्रशासन तथा अदालतको सहायता तथा शरणमा जाने पीडित कार्कीले बताए । पत्रकारीताको नाममा कलंक रुपमा यसरी  ठगी गर्नेलाई उचित कारवाही गनुपर्ने पीडित कार्कीको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्