जान्नुहोस् नास्पती खानुका यस्ता छन् फाइदाहरु !

काठमडौं, भदौ १० । गर्मीमा सजिलै पाइने फल हो नास्पती । प्रशस्त मात्रामा भिटामिन पाइने नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ । यसमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस लगायतका तत्वहरु पाइन्छ । गर्मीमा सितलता प्रदान गर्ने यस फल पत्थरी, कब्जियत लगायत धेरैको समस्या समाधान गर्छ ।

 फाइदाहरु यस्ता छन्:

तौल नियन्त्रण – नास्पतीको सेवन गर्नाले शरीरको तौल घटाउन सहगोग पुग्छ । यसमा फाइबर बढी पाइने भएकाले यसले भोक कम गराउँछ । जसले गर्दा तौल कम हुँदै जान्छ ।

पाचन प्रणालीमा सुधार – नास्पतीको सेवनले पाचन प्रणालीमा सुधार ल्याउछ । यसको सेवनले अन्य खना पचाउन सहयोग पुर्याउछ ।

कोलेस्ट्रोल कम गर्छ – नास्पतीको सेवनले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसमा पाइने पेक्टिन र फाइबरले हाम्रो शरीरको कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग गर्छ ।

कब्जियत कम गर्ने –नास्पतीको सेवनले कब्जियत कम गर्न सहयोग गर्छ । यसमा पाइने पेक्टिनले दिशालाई राम्रो बनाउछ ।

पत्थरी कम – नास्पतिमा सेवनले पथ्थरीको समस्या समाधान गर्न सहयोग गर्छ । यसमा मेलिक नामक तत्व पाइन्छ । यसले हाम्रो शरीरमा पत्थरी हुन दिदैन । मृगौलामा रहेका फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ ।

अन्य फाइदाहरु – नास्पतीको सेवनले घाँटीको समस्या समाधान, बाझोपन हटाउन सहयोग पुर्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने,छाती पोल्ने समस्याका लागि फाइदा पुग्छ ।

प्रतिक्रिया दिनुहोस्