हिम्मत नहारेकी बिमला
बिमला लामाको पुर्ख्यौली घर नुवाकोट लिखु गाउँपालीका हो । उनी हाल काठमाडौंको घट्टेकुलो अनामनगरमा बसोबास गर्दै आएकी छिन् । उनको उचाई साडे ३ फिट मात्र भएपनि बर्ष २४ भईसकेकी छिन् । उनी कुनै कुपोषणको कारणले होचो भएकी भने होइन । त्यसो त उनी १÷२ कक्षँमा पढ्दै गर्दा अनामनगरमा बेलुका हिंडिरहेको बेला एउटा साइकलले ठक्कर दिंदा रोडमा पछारिंदाको असरले यस्तो अवस्था आएको हो ।
उनी बिगत ५ वर्षदेखि महान्याधीवक्ताको कार्यलयमा करार सेवामा साहायक कम्प्युटर अपरेटरको रुपमा कार्यरत छिन् । सानैमा आङ्खना बाबु गुमाएकी बिमलाले आङ्खना स्वर्र्गीय बाबुको ना“उबाट नागरिकता भने लिन भ्याइन् । सानैमा आङ्खनो जन्म दिने बाबु गुमाएकी बिमलालाई त्यसै कार्यालयका टोप बहादुर मगरले छोरी जस्तै गरी माया गरि राखेकाले बाबुको मायाको कमी भने अनुभव गरेकी छैन ।
बाबु टोप बहादुर स्वयम् पनि सोही महान्याधिवक्ताको कार्यालयमा साहायक कर्मचारी हुन् । जन्मदिने आमा सुकु देबी परिवारसग समेत तस्बिर खिच्न पटक्कै रुचाउ“दिनन् । आमाको उमेर ठ्म्याउन नसके पनि ४० उकालो लाग्नु भयो भन्छीन बिमला । आमाले भित्री सुख दुःखमा साथ दिन्छीन भने बाबुले अफिस लाने ल्याउने लगायत अन्य ठाउ“हरुमा जान आउनको लागि साहारा दिन्छन अनी सम्पूर्ण घरको जिम्मेवारी सम्हाल्छन । कार्यालय जाने आउने घरको सामान्य कामकाज गर्ने बिमलाको दिनचर्या हो । यसै सन्दर्भमा उनको जीवनका केहि घटना र क्षणलाई जागरण न्युजका फोटो पत्रकार मनोरथ नेपालले गरेको कुराकानीको केहि खुलस्त संवाद :
तपाईंको वास्तविक परिचय के हो ? कती वर्ष हुनु भयो ?
बिमला लामा । पुर्ख्यौली घर नुवाकोट लिखु गाउँपालीका हो । हाल काठमाडौंको घट्टेकुलो अनामनगरमा बसोबास गर्दै आएकी छ् । उमेर २४ बर्ष ।
काठमाडौ आएको कती वर्ष भयो ?
भयो २० बर्ष जती ।
अध्ययन कहाँ पग्यो ?
ब्याचलर रनिङ्गमा छु ।
तपाईंलाई अफ्ना इस्टमित्र साथिहरुले होची भनेर जिस्क्याउ“छन कि जिस्क्याउँदैनन् ?
स्कुल कलेज पढ्दाको साथीहरुले त त्यस्तो केही भन्दैनन् । तर कहिलेकांही बाटोमा हिंड्दा मान्छेहरुले अली अली त भनिहाल्छन, जिस्क्याउ“छन नि । साथीहरु प्रायः फ्रेन्ड्ली नै छन् घर परिवार पनि फ्रेन्ड्ली नै हुनुहुन्छ । धेरै असजीलो अुनभव गरेकी छैन ।
होची हुनुको पीडा दुःखद् र सुखद् पक्ष वा अप्ठ्यारो के रहेछ ?
त्यस्तो त केही लाग्दैन । अली अली दुःख सुख त भैहाल्छ नि होची भएपछी । आफु यस्तो छु अरुस“ग दांज्न त सकिदैन । कतै जान आउन हिंडडुल गर्न डेडीले साहारा दिनुहुन्छ । नजिकै त आँफै पनि जाने आउने गर्छु । आफ्नो काम आफैं पनि गर्छु । लुगा लाउने कपाल कोर्ने आफैं गर्छु, तर लुगा धुन काम भने ममिले गरिदिनु हुन्छ ।
तपाईं विवाहित कि अविवाहित ?
म अविवाहित हुँ ।
सुहाउँदो बर पाएमा बिबाह बारे सोच बिचार गर्नु भएको छ ?
अ“ह । मैले त्यस्तो केहि पनि सोचेकी छैन । अहिलेसम्म त्यस्तो कोही पनि आएको पनि छैन । त्यता तिर खासै ध्यान दिएकी पनि छैन ।
होची हुनुको खास सुखद पक्ष नभए पनि तपाईंलाई कस्तो लाग्छ ?
त्यस्तो त केही छैन । जसो तसो आफ्नो जीवन चलिरहको छ । एड्जस्ट गरेकी छु । सुख पनि छैन दुःख पनि छैन ।
सबैभन्दा बढि तपाईं के मा खुशी हुनुहुन्छ ?
त्यस्तो पनि खास केही नै छैन भनौ । केही गरेको पनि छैन , सुख के हो दुःख के हो अनुभव नै गरेको छैन । त्यती घरबाट अगिपछी खासै बाहिर हिँडडुल गर्दिन । केही सोचेको पनि छैन अफिस आउने जाने गदैमा जीवन बितेको छ ।
तपाईं कहाँ र के काम गर्नुहुन्छ ?
म महान्याधिवक्ताको कार्यालयमा करार सेवामा साहायक कम्प्युटर अपरेटर हु“ । केस फाइलहरु टाइप गर्ने काम हो ।
सहज रुपमा काम गर्ने भौतिक पुर्वाधारहरु छन त ?
मेरो सानो टेवल छ । मेरो हाइट अनुसारको । सहज नै छ भन्नुर्पयो । जसो तसो गरेकै छु ।
अनी तपाईंको साथीभाइहरुमा तपाईं सुहाउ“दो पनि छनु कि छैन ?
अह“ छैन । पहिला मैले कम्प्युटर सिक्ने ठाउ“मा चै थिए । जुन एउटा अपाङ्ग संस्था थियो । मैले एस. एल. सि पछि त्यही अपाङ्ग संस्थामा नै कम्प्युटर सिकेकी हु“ । हल्का हाइ हेल्लो गर्ने मात्रै थिए ।
परिवारमा तपाईंलाई सबैभन्दा बढी मा“या गर्ने साथ दिने को हुनुहुन्छ ?
मेरो लागि सबै राम्रो हुनुहुन्छ । सबैले मा“या गर्नुहुन्छ । खासगरी मेरो ममी हुनुहुन्छ मलाई धेरै मा“या गर्ने र सबै कुरामा साथ दिने ।
तपाईंको उद्देश्य के छ भविस्यमा ?
त्यस्तो खासै रुपमा मैले केहि पनि सोचेकी नै छैन । जागिर खंँदै छु परिवारलाई सपोर्ट गर्ने त्यस्तै हो । परिवारलाई आफुले सक्दो सहयोग गर्ने ।
तपांइईंले आÏनो समस्या बारे डाक्टर या विशेषज्ञसंग परामर्श लिनुभएको छ कि छैन ?
मैले आÏनोे हाइटको बारेमा कसै संग पनि परामर्श गरेकी छैन । पहिला ढाडको समस्याले गर्दा सानोमा एक डाक्टरलाई भेट्न पटक बनेपा गएको थिए । त्यह बाट पनि राम्रो भएन । ढाडमा सङ्खट कभर बान्नु पर्ने रे । त्यसरी बान्दा सारै असजिलो भयो ठिक पनि भएन अनि त्यसै छोडी दिए । हाइट बढ्ने होइन भनेर वास्त गरिन । अब यो ठीक हुँदैन। यत्तिकै हो ।
खासमा के कारणले यो समस्या भएको होला ?
पहिला म १/२ कक्षामा पढ्दा मलाई यहि अनामनगरमा बेलुका हिडिरहेको बेला एउटा साइकलले ठक्कर दिएको थियो । म रोडमा पछारिएको थिएं । सायद त्यसैको असरले हुन सक्छ । आज यस्तो भएको ।
अन्त्यमा तपाईंलाई केही भन्नु छ कि ?
आज मलाई सहयोग गर्ने मेरो परिवार तथा सम्पूर्ण साथीहरुको सहयोगले केहि काम गर्ने अवसर पाएकी छु । परिवारले हरेक कुरामा सहयोग गर्नु भएको छ । यसप्रति म आभारी छु । म जस्ता धेरै साथीहरु छन् । हामी जस्ता व्यक्तिलाई रोजगार लगायत अन्य धेरै कुरामा राज्यले पनि विशेष व्यवस्था गर्नु राज्यको दायित्व हो । म यसै सञ्चार माध्यम मार्फत राज्यलाई ध्यानाकर्षण गर्न चाहन्छु ।
तस्बिर / प्रस्तुती : मनोरथ नेपाल
प्रतिक्रिया दिनुहोस्