विश्व मानसिक स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरि मनाईदै, यस वर्षको नारा “मनको कुरा गरौँ”
काठमाडौं, २३ मंसिर । मानसिक तनावको कारण आत्महत्य अहिले विश्वव्यापी समस्या बन्दै गएको छ । यसको रोक थामका लागि नेपाल सरकारले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ जारी गरेसंगै विश्व मानसिक स्वास्थ्य दिवस अक्टोबर १० का दिन देशव्यापी रुपमा मानसिक स्वास्थ्य दिवस र वर्षभर मानसिक स्वास्थ्य सचेतना अभियान संचालन गर्दै आइरहेको छ ।
यस वर्ष पनि “स्वस्थ मन स्वस्थ जीवन ” मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ र “मनको कुरा गरौँ” भन्ने मुल नाराकासाथ मानसिक दिवस मनाईदै छ । यसको लागि स्वास्थ्य सचेतना अभियान सञ्चालन सहित विभिन्न कार्यक्रमहरु आयोजना गरिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आज पत्रकार सम्मेलमा जानकारी दिइएको छ ।
‘स्वस्थ मन स्वस्थ जीवन’ भन्ने नारा सहित मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ सुरु गर्न लागिएको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा.राधिका थपलियाले जानकारी दिइन्। जेन्जी आन्दोलनले मानसिक स्वास्थ्यमा परेको गम्भीर असरलाई न्यूनीकरण गर्न उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताइन्। आफूलाई परेको समस्या खुलेर भन्न सक्ने वातावरण बनाउनका लागि अभियान सञ्चालनको आवश्यकता रहेको उनको धारणा थियो। अभियानका क्रममा विद्यालय नर्स तथा स्थानीय स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेर विद्यालयस्तरमा नै मानसिक स्वास्थ्य सम्बन्धी सचेतना दिइने उनले जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठन नेपालमा कार्यरत मनोचिकित्सक केदार मरहट्ठाले दैनिक आइपर्ने समस्याको समाधान गर्न सक्नु नै मानसिक स्वास्थ्य भएको बताए। समाजमा अझै पनि मानसिक स्वास्थ्यलाई संकुचित रुपमा बुझिने गरेकोमा यसको बुझाइलाई बृहतर बनाउनुपर्ने उनको तर्क थियो।
वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.उपेन्द्र ढुङ्गानाले मानसिक स्वास्थ्य सचेतना समुदायस्तरसम्म पुर्याउन यो अभियानले महत्वपूर्ण भूमिका खेल्न बताए। अभियानको लक्षित समूहमा विशेषगरी किशोर किशोरी तथा आम नागरिक रहेको उनले जानकारी दिए।
यसलाई थप सघन र सशक्त बनाउनका लागि सरकारले यस वर्ष विश्व मानव अधिकार दिवस १० डिसेम्बरदेखि तीन महिनासम्म मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ संचालन गरिएको केन्द्रले जनाएको छ । यस अभियानमा आ-आफ्नो क्षेत्रबाट सहभागिता जनाउन र साझेदारी गर्न हरेक व्यक्ति, संस्था र निकायसँग निरन्तर सहकार्य गरिने केन्दले जनाएको छ । केन्द्रका अनुसार डिजिटल प्रविधिको विस्तारित पहुँचलाई मानसिक स्वास्थ्यसचेतना कार्यक्रमहरु मार्फत आम नागरिकमा पूर्याउन विभिन्न कार्यक्रमहरु आयोजना गएिको छ ।
देशको संविधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धताका विषयमा राज्यलाई सचेत गराउदै नागरिकका हक, कर्तव्य र स्वस्थ जीवनशैलीका बारेमा निरन्तर सचेतना फैलाउने । मानसिक स्वास्थ्यका विषयमा सचेतना बढाउन, मानिसक स्वास्थ्य सम्बन्धी उपचार सेवा लिन प्रोत्सहान गर्न र रिपोर्टिङ गर्दा सावधानी अपनाएर आत्हत्याजस्ता घटनाहरुको रोकथाम गर्न सहयोग गर्न सकिन्छ ।
कुनै पनि व्यक्तिलाई निर्धक्क भएर आफ्नो कुरा राख्ने सक्ने वातावरण हुने हो भने पक्कै पनि हात्म हत्या रोकथाम हुने केन्द्रले जनाएको छ ।
मानसिक स्वास्थ्य परिचयः
मानसिक स्वास्थ्य भनेको स्वस्थ जीवनको एक महत्वपूर्ण आयाम हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई रोग तथा असहजता नभएको अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा सन्तुलित अवस्था भनेर परिभाषित गरेको छ ।
त्यसैले स्वस्थ्य जीवनका लागि मानसिक रुपमा पनि सबल, सक्षम र सन्तुलित रहनु पर्दछ । व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्न सक्ने, उत्पादनशील ढंगले काम गरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्था नै मानसिक स्वस्थताको अवस्था हो । यसले व्यक्तिको भावना, विचार र व्यवहारमा सन्तुलन र समन्वयको अवस्थालाई बुझाउदछ । यही भावना, विचार र व्यवहारमा आउने परिवर्तन जुन निश्चित अवधिसम्म रहिरहन्छन् र जसका कारण व्यक्तिको जिम्मेवारी वा सम्बन्धमा नकारात्मक असर पुग्दछ भने त्यो मानसिक स्वास्थ्य समस्या भएको अवस्था हो ।
मानसिक स्वास्थ्यमा हाम्रो अवस्था र प्रतिवद्धता कस्तो छ त ?
स्वास्थ्य संबिधान प्रदत्त मौलिक हक हो । जनस्वास्थ्य सेवा ऐन २०७५ ले मानसिक स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवामा र जनस्वास्थ्य सेवा नियमावली २०७६ को अनुसूची १ र २ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवामा समावेश गरिएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले मानसिक स्वास्थ्य सेवालाई जनस्वास्थ्य सेवामा एकीकृत गरी सबै तहमा विस्तार गर्ने रणनीति लिएको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजना २०७७ ले मानसिक स्वास्थ्यमा सबैको समान पहुँच पुर्याउने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा आत्महत्या दर हालको २४/१००,००० जना प्रतिवर्षबाट ४.७/१००,००० जना प्रति वर्षमा सिमित राख्ने र मध्यपान लगायतका लागु औषधको नियन्त्रण, रोकथाम, प्रयोगकर्ताको उपचार तथा पुनर्स्थापना व्यवस्था गर्ने लक्ष्य लिएको छ।यसैलाई मध्यनजर राखेर “राष्ट्रिय मानसिक स्वास्थ्य सेवा कार्यक्रम २०७९” संचालनमा रहेको छ। स्थानीय तहलाई सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम संचालन सहजीकरणका लागि मार्गदर्शन पनि तयार गरिएको छ। समुदायमा रहेर स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्य सेवा सम्बन्धी क्षमता बिकासका अतिरिक्त आधारभूत मानसिक स्वास्थ्य सेवा प्रवाहका लागि “आधारभूत स्वास्थ्य सेवा सम्बन्धी गुणस्तरीय उपचार पद्धति” लागु गरिएको छ । आधारभूत मानसिक स्वास्थ्य सेवाका लागि मनोपरामर्श सेवाका अतिरिक्त ११ प्रकारका औषधिहरु समुदायमा नि:शुल्क उपलब्धको प्रवन्ध गरिएको छ।यद्यपी मानसिक स्वास्थ्य सेवा प्रवाहमा सम्बन्धित नीति निर्माता, व्यवस्थापक, सेवा प्रादायक र आम नागरिकमा अझै पनि पर्याप्त तथ्यपरक जानकारी हुन सकेको छैन।
मानसिक स्वास्थ्य सम्बन्धि विद्यमान मान्यता
मानसिक स्वास्थ्यलाई व्यक्तिको जैविक, मनोवैज्ञानिक तथा सामाजिक पक्षले प्रभाव पार्दछन् र व्यक्तिलाई स्वस्थ रहन वा समस्या उब्जाउन भूमिका खेल्दछन। नेपालजस्ता विकासोन्मुख मुलुकमा मानसिक स्वास्थ्य समस्याको व्यापकता र सेवाको उपलब्धताको बीचमा अधिक अन्तर रहेको हुन्छ। मानसिक स्वास्थ्य समस्याका बारेमा व्यापक अन्धविश्वास, लान्छना, विभेद, बहिस्करण, भेदभाव र हानीकारक अभ्यास रहेको हुन्छ।जसका कारण उपलब्ध सेवाको उपभोगमा पनि अवरोध पुगेको हुन्छ। जनस्वास्थ्यको साझा सरोकारको विषय भएकोले यसमा नागरिक सचेतना अभिवृद्धि गर्नु पर्दछ र स्वास्थ्य सेवाका हरेक तहमा एकीकृत गरी नागरिकको पहुँचमा पुर्याउनु पर्दछ । मानसिक स्वास्थ्यको प्रवद्र्धन, रोगको रोकथाम, समयमा नै पहिचान, उचित व्यवस्थापन र आवश्यक पुनस्र्थापनाका लागि सरकारी, गैर सरकारी, नीजि तथा व्यक्तिगत तहमा समेत समन्वय, सहकार्य र साझेदारी आवश्यक पर्दछ ।
तीनै तहका सरकारको भूमिका:
देशको संबिधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार सेवा प्रवाहमा तत्पर रहदै आवश्यक श्रोत पहिचान, निर्धारण तथा परिचालन गर्ने । मानसिक स्वास्थ्य विषयमा सरकारी, गैर सरकारी तथा नीजि क्षेत्रबीच आपसी समन्वय, सहकार्य र साझेदारी कायम गर्ने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५३ पालिका तथा सातै प्रदेशमा मानसिक स्वास्थ्यमा सचेतना तथा आधारभूत मानसिक स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्यकर्मीको क्षमता बिकास तालीमका कार्यक्रमका लागि सशर्त बजेट व्यवस्था गरेको छ । आधारभूत मानसिक स्वास्थ्यका लागि तोकिएका औषधी निःशुल्क उपलब्ध गराउन सातै प्रदेशमा बजेट व्यवस्था गरेको छ । संचार प्रविधिमा भएको बिकास र नागरिकस्तरको पहुँचलाई मानसिक स्वास्थ्य सेवामा सदुपयोग गर्न आधारभूत मानसिक स्वास्थ्य सेवामा विशेषज्ञको परामर्शका लागि “टेली मानसिक स्वास्थ्य कार्यक्रम” र आत्महत्या रोकथाममा तत्काल सहयोग र परामर्शका लागि २४ सै निस्शुल्क हेल्पलाईन ११६६ को सेवा उपलब्ध गराइएको छ।प्रदेश सरकार र कतिपय स्थानीय तहले पनि मानसिक स्वास्थ्य सचेतना र सेवा प्रवाहमा बजेट व्यवस्था गरेका छन् ।
आमसंचारको भूमिका
देशको संबिधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धताका विषयमा राज्यलाई सचेत गराउदै नागरिकका हक, कर्तव्य र स्वस्थ जीवनशैलीका बारेमा निरन्तर सचेतना फैलाउने ।मानसिक स्वास्थ्यका विषयमा सचेतना बढाउन, मानिसक स्वास्थ्य सम्बन्धी उपचार सेवा लिन प्रोत्सहान गर्न र रिपोर्टिङ गर्दा सावधानी अपनाएर आत्हत्याजस्ता घटनाहरुको रोकथाम गर्न सहयोग गर्ने ।
आम नागरिकको भूमिका
आफ्नो, आफ्नो परिवारका सदस्यको, आफन्तजनको मानसिक स्वास्थ्यका बारेमा सचेत रहदै “मानसिक स्वास्थ्य सचेतना अभियान २)८२” मा सहभागी बन्ने ।आफू पनि तनाव रहित, मदिरा तथा लागु औषधमुक्त र स्वथकर जीवनशैली अपनाउने र अरुलाई पनि प्रेरित गर्ने । समुदायमा योग, ध्यान तथा प्राणायामका अभ्यासलाई अनुसरण गर्ने, गराउने ।मानसिक स्वास्थ्यका बारेमा खुलेर मनका कुरा गर्ने र आवश्यकता अनुसार मानसिक स्वास्थ्य सेवा लिन तत्पर रहने र अरुलाई पनि सहयोग गर्ने । मानसिक स्वास्थ्यमा सर्वव्यापी पहुँच आधारभूत मानव अधिकार रहेको विषयलाई आत्मसाथ गर्दै आम नागरिकको मानसिक सुस्वास्थ्यका लागि आ(आफ्नो क्षेत्रबाट निरन्तर सहयोग, सहकार्य र साझेदारीको हार्दिकताका साथ अपेक्षा तथा अनुरोध छ । देशको संबिधान, कानून, नीति, रणनीति, कार्यक्रम, निर्देशिका, कार्यविधि, अन्तराष्ट्रिय प्रतिवद्धताका विषयमा राज्यलाई सचेत गराउदै नागरिकका हक, कर्तव्य र स्वस्थ जीवनशैलीका बारेमा निरन्तर सचेतना फैलाउने ।मानसिक स्वास्थ्यका विषयमा सचेतना बढाउन, मानिसक स्वास्थ्य सम्बन्धी उपचार सेवा लिन प्रोत्सहान गर्न र रिपोर्टिङ गर्दा सावधानी अपनाएर आत्हत्याजस्ता घटनाहरुको रोकथाम गर्न सहयोग गर्ने ।















प्रतिक्रिया दिनुहोस्