नेपाल धितोपत्र बोर्ड सदस्यबाट चन्द्र ढकाल दिए राजीनामा
काठमाडौं, भदौ ९ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकालले राजीनामा दिएका छन्।ढकाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिको रुपमा बोर्डको सदस्य रहेका थिए।
बुधबार साँझ महासंघ अध्यक्ष शेखर गोल्छासँग टेकुमा भेट गरी बोर्डको सदस्यबाट बाहिरने बताएका थिए।ढकालले गोल्छालाई कार्यव्यस्तताको कारण देखाउँदै धितोपत्र बोर्डको सञ्चालकमा बस्न नसक्ने जानकारी गराएका थिए।
सोअनुसार आज अर्थात् बिहीबारदेखि लागू हुने गरी ढकालले बोर्डबाट राजीनामा दिएको र महासंघको प्रतिनिधिको रुपमा बोर्ड नरहने जानकारी महासंघले बोर्डलाई गराएको छ।
धितोपत्र बोर्डको सञ्चालकको पदमा ढकाल रहँदा उनको परिवार सदस्यले बुलबिल्डिङमार्फत बिक्रीको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयरमा लगानी गरेपछि ढकाल विवादमा तानिएका थिए।
सोही सेयर खरिद प्रकरणमा तानिएका चन्द्रसिंह साउदले नेप्सेको सीईओबाट मंगलबारमात्रै राजीनामा दिएका थिए।
प्रतिक्रिया दिनुहोस्