आज दोस्रो दिन पनि नेप्से राताम्मे
काठमाडौं, भदौ ९ । लगातार दोस्रो दिन पनि आज शेयर बजार घटेर राताम्मे भएको छ । हिजो मङ्गलवार ५६ अङ्कले घटेको नेप्से आज बुधवार ४८ दशमलव ४२ अङ्कले घटेर तीन हजार ७६ दशमलव ४४ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर ओरालो लागेको छ । बैंकिङ समूहको शेयर साढे २९ अङ्कले, व्यापारको ४१, होटल समूहको ५१ र विकास बैंक समूहको शेयर एक सय ६५ अङ्कले घटेको छ ।
यस्तै फाइनान्सको २१, माइक्रोफाइनान्सको ५७, जीवन बीमा समूहको तीन सय ५४, निर्जीवन बीमा समूहको चार सय २२ अङ्कले, उत्पादनको एक सय ६२ र अन्य समूहको शेयर ३३ अङ्कले घटेको छ ।
आज सबैभन्दा धेरै खानीखोला जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि जीवन विकास लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
आज दुई सय २७ कम्पनीका एक करोड ९५ लाख ९९ हजार कित्ता शेयर १२ अर्ब नौ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोपावरको ४८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड १० प्रतिशतले र आईसीएफसी फाइनान्स लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्