नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता

काठमाडौं , भदौ ६ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई आवश्यक पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरू उपलब्ध गराउने भएको छ

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले नबिल बैंकमार्फत ‘लेटर अफ क्रेडिट’ ‘डकुमेन्ट अगेस्ट पेमेन्ट’ र लोकल बैंक ग्यारेन्टीलगायत सुविधाहरू उपभोग गर्न सक्नेछन ।

उक्त सम्झौतबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आधुनिक बैंकिङ सुविधाहरू उपभोग गर्ने सक्नेछन् । सम्झौतासँगै दुई बैंकबीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सहवित्तीयकरण कर्जा, विदेशी मुद्रसम्बन्धी अन्य कारोबारसमेत अगाडि बढाउने लक्ष्य राखिएको नबिल बैंकले जनाएको छ ।

बैंकले यस सहकार्यको माध्यमबाट मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई विस्तारित बैंकिङ सुविधा प्रदान गर्न पाउँदा खुसी लागेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । “यस व्यापार सम्झौताअन्तर्गत रहेर मुक्तिनाथ विकास बैंकको बैंकिङ साझेदार हुन पाउँदा नबिल बैंक उत्साहित छ । दुवै बैंकका ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा–सुविधा प्रदान गर्नको लागि नबिल बैंक तत्पर छ,” शाहले भने ।

नबिल बैंकसँग भएको उक्त सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले आउदा दिनहरूमा प्रतितपत्र, बैंक जमानत, डिमान्ड ड्राफ्टलगायत वैदेशिक व्यापारमा प्रयोग हुने विभिन्न उपकरणहरू मुक्तिनाथ विकास बैंकका शाखाहरूबाट नै प्राप्त गर्ने सक्नेछन् । वैदेशिक व्यापारमा संलग्न ग्राहकहरूलाई समग्र बैंकिङ सुविधा पुग्ने मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्