किन लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न आग्रह गरे सीमाविद् बुद्धिनारायण श्रेष्ठले ?

किन लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्न आग्रह गरे सीमाविद् बुद्धिनारायण श्रेष्ठले ?
काठमाडौँ , ४ भदौ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।
शुक्रबार आफ्नो पुस्तक ‘बोर्डर म्यान अफ नेपालको सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भु–भाग समेटेर चुच्चे नक्सा सार्वजनिक गरेपनि हालसम्म सो क्षेत्रसहितको भुभाग समेटेर क्षेत्रफल सार्वजनिक नगरेको भन्दै नेपालको नयाँ क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

चुच्चे नक्सासहितको नेपालको क्षेत्रफल सार्वजनिक नहुँदा लोकसेवा आयोग र विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई अप्ठ्यारो परेको समेत उनले बताए छन् ।
उनले आफ्नो अध्ययन अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटरमा थप ८२६ वर्ग कि.मि.थपिएको अनुमान रहेको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्