गाईजात्रामा बागमती प्रदेशभर सार्वजनिक विदा

काठमाडौँ, ४ भदौ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा भदौ ७ गते बागमती प्रदेशभर सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
बागमती प्रदेश हेटौडास्थित आन्तरिक मामिला तथा कानून मन्त्रालयले राजपत्रमा सूचना निकालेको भदौ ७ गते सार्वजनकि विदा घोषणा गरेको हो ।
प्रदेश सरकार मन्त्रीपरिषद्‌को निर्णयाअनुसार बागमती प्रदेशमा विषेश रुपमा मनाइने गाईजात्राको अवसरमा संवत् २०७८ साल भदौ ०७ गते सोमबारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा घोषणा गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्