मानुषी लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय

काठमाडौं, भदौ ३ । मानुषी लघुवित्तको आईपीओ बाँडफाँड कहिले होला सबैमा जिज्ञासा छ । अब भने चाँडै नै बाँडफाँड हुने भएको छ ।

लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) को प्री-अलोटमेन्ट आज सम्पन्न भएको छ । योसँगै बाँडफाँडको मिति पनि तय भएको छ । उक्त साधारण सेयर (आईपीओ) को बाँडफाँड भदौ ७ गते, सोमबार गर्न लागिएको कम्पनीको आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गले जानकारी दिएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ८३. १० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ । अन्तिम तथ्यांक हेर्दा ३६ हजार ८ सय ५९ जनाले मात्र सेयर पाउने छन् । बाँकी २३ लाख बढी आवेदकको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्