सनराइज बैंकले ल्यायो नारी विशेष योजना
काठमाडौं , भदौ ३ । सनराइज बैंकले भदौ महिनामा नारी विशेष योजना ल्याएको छ । यो योजनाअन्र्तगत भदौ महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरूलाई बैंकले विभिन्न पाँचवटा सेवाहरु निःशुल्क दिने भएको छ ।
प्रथम वर्षको लागि निःशुल्क दिइने सेवामा डिम्याट, मेरोसेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा रहेको बैंकले जनाएको छ ।
साथै, बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भदौ महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरूलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुटसमेत प्रदान गर्ने बैंकले जनाएको छ ।
यस्तै, सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजनाअन्तर्गत प्रदान गरेको निःशुल्क डिम्याट र मेरोसेयरले नारीहरूमा सेयर कारोबारप्रति अझ बढी प्रोत्साहन प्रदान गर्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्