ग्लोबल आईएमई बैंक र उद्योग वाणिज्य महासंघ प्रदेश–१ बीच साझेदारी

काठमाडौं , भदौ ३ । ग्लोबल आईएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर–१ बीच साझेदारी भएको छ । महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्‍याउन बैंक र महासंघबीच समझदारी भएको जनाइएको छ ।

समझदारीअनुसार बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहररूलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवा प्रदान गर्नेछ।

त्यस्तै, अपांगता भएका व्यक्तिहरूले व्यावसायिक कर्जा लिन चाहेमा विशेष सुविधासहित कर्जा उपलब्ध गराइने पनि समझदारीपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्