सेयर बजारले फेरि बनायो नयाँ रेकर्ड, २१ अर्ब माथिको कारोबार

काठमाडौं भदौ २ । आज सेयर बजारको परिसूचक नेप्से नयाँ रेकर्डमा पुगेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब ६४ करोड माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।

नेप्से परिसूचक ३८ दशमलव २८ अंकले बढेर ३ हजार १ सय ९८ दशमलव ६० अंकमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८३ अंकले बढेको छ । कारोबार रकम पनि २१ अर्ब नाघ्यो ।

दिनभर भएका १ लाख ८८ हजार ४५४ कारोबारबाट २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ कित्ता रुपैयाँ पुगेको छ ।

२१ अर्ब ३१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार रकमको रेकर्ड भने यसअघि आइतबार सबैभन्दा धेरै २१ अर्ब ६२ करोड रुपैयाँको बनेको थियो।

यस दिन बैंकिङ १६, होटल तथा पर्यटन ६, विकास बैंक ३३०, जलविद्युत ५१, फाइनान्स १४८, निर्जीवन बीमा ८३, उत्पादन २५५, अन्य ३, माइक्रोफाइनान्स १, जीवन बीमा १५१ र लगानी समूह १ अंकले बढे। ब्यापार समूह भने १५ अंकले घटेको छ।

कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। शिवम् सिमेन्ट, अरुणभ्याली, जीवन विकास लघुवित्त, अरुण काबेली, आँखुखोला जलविद्युत र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो। गुडविल फाइनान्स र लुम्बिनी विकास बैंकको मूल्य ९ प्रतिशतले बढेको छ।

आरएसडिसी लघुवित्त र खानीखोला हाइड्रोको मूल्य ३ प्रतिशतले घटेको छ। कारोबारका आधारमा नेसनल हाइड्रोपावर अग्रस्थानमा रह्यो।

सो कम्पनीको ७८ करोड रुपैयाँको कारोबार हुँदा अपि पावरको ६३ करोडको कारोबार भयो। लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।

प्रतिक्रिया दिनुहोस्