रक्तदान क्रार्यक्रम गरी आईएमई लाइफले मनायो चौँथो वार्षिकोत्सव

काठमाडौं , भदौ २ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यवसायिक कारोबार विधिवतरुपमा सञ्चालन भएको चौंथो वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरी रक्तदान क्रार्यक्रम सहित आफ्नो चौंथो वार्षिकोत्सव मनाएको छ ।

कम्पनीले ग्राहक तथा कम्पनीका अभिकर्ताहरुलाई प्रदान गर्ने सेवालाई मध्यनजर गर्दै डिजिटल प्रविधिमैत्री सेवा विकासका क्रममा जीवन बीमा कम्पनीहरुमध्ये सर्वप्रथम गत मंसिर २२ गतेदेखि च्याट बट प्रविधिको विकास गरी सञ्चालनमा ल्याएको छ ।

त्यस्तै हाल उक्त प्रविधि मार्फत बीमितहरुले आफ्नो व्यक्तिगत बीमालेख र अभिकर्ताहरुले आफ्नो आय आर्जन सम्बन्धी जानकारी प्राप्त गरि आएकोमा आजकै मिति देखि लागु हुने गरी आफू अन्तर्गतका अभिकर्ताहरुको व्यवसायको विवरण समेत हेर्न सकिने कम्पनीले जनाएको छ ।

साथै बीमितहरुले निवेदन दिएको ऋण एवम् दाबी भुक्तानीको अवस्थाको बारेमा जानकारी रियल टाइममा हेर्न सक्ने र बीमाशुल्क भुक्तानी वापत कर प्रमाणपत्र समेत च्याट बटमार्फत प्राप्त गर्न सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्