सानिमा बैंकद्वारा दीर्घायू बचत योजना अन्तर्गत १० लाख प्रदान
काठमाडौँ, भदौ १ । सानिमा बैंकले सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।
बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनकी हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दीर्घायू बचत योजना अन्तर्गत १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो ।
बीमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे ।मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दीर्घायू बचत खाता खोलेका थिए ।
सानिमा बैंकले दीर्घायू बचत योजना अन्तर्गत रु। १० लाखको दुर्घटना बीमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, रु ५० हजार सम्मको स्वास्थ बीमा र रु ५ हजार सम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९५ वटा ए।टि।एम। संचालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्