ग्लोबल आईएमई बैंकको नाफा ४.१२ अर्ब नाघ्यो

काठमाडौं, साउन ३२ । ग्लोबल आईएमई बैंकको नाफा ४.१२ अर्ब नाघेको छ । गत आर्थिक बर्षको चौथो त्रैमासमा बैंकको खुद नाफा ४१.८७ प्रतिशत बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी गत असार मसान्तसम्म ९.४७ प्रतिशत बढेर ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब २२ करोड २० लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चुक्ता पुँजी १४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी, जगेडा कोष १२.१५ प्रतिशत बढेर ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यसैगरी, निक्षेप २६.४३ प्रतिशत बढेर २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र कर्जा २०।२६ प्रतिशत बढेर २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत असार मसान्तसम्म बैंकले उच्च ऋणका कारण १ अर्ब १८ करोड रुपैयाँ नोक्सानी ब्यवस्थापन नै गर्नु परेको छ । बैंकको कस्ट अफ फण्ड ६.२१ प्रतिशतबाट ४.६६ प्रतिशतमा आएको छ । बैंकको आधार दर ८.४२ बाट ६।६ प्रतिशतमा झरेको छ ।

बैंकको वितरण योग्य मुनाफा ५९.३८ प्रतिशत बढेर २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्