नेप्से सामान्य अंकले सुधार, कारोबार रकम १६ अर्ब नजिक

काठमाडौं , साउन ३२ । नेप्सेमा सामान्य अंकले सुधार देखिएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार पाँच दसमलव ७२ अंकले बढेर तीन हजार एक सय ६० दसमलव पाँच बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव ५६ अंकले बढेर पाँच सय ९२ दसमलव ९३ बिन्दुमा चढेको छ ।

आज दुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार ९३ पटकको कारोवारमा दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज सात वटा समुहले कमाएकाछन भने छ वटा समुहले गुमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ३३ अंकले घटेर दुई हजार एक सय छ दसमलव ५२ बिन्दुमा झरेकोमा निर्जिवन बीमा, फाईनान्स, जीवन बीमा, होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहरुको सुचक घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने ७४ दसमलव ७३ अ्रंकले बढेर पाँच हजार छ सय ६३ दमसलव ७८ बिन्दुमा चढेकोमा जलबिद्युत, लघुबित्त, ट्रेडिङ, उत्पादनमुलक, अन्य र लगानी समुहरुको सुचक बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार ७३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आईसीएफसी फाईनान्सको प्रतिकित्ता सेयर मुल्य छ दसमलव २७ प्रतिसतले घटेर नौ सय ५६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ३८ रुपैयाँ ९० पैसामा ७४ करोड ९७ हजार चार सय ५६ रुपैयाँ २० पैसाको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्