४२ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको मूनाफा
काठमाडौँ,३२ साउन । दुई ठूला वाणिज्य बैंकहरु गाभिएर बनेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७७ र ७८ सम्मा ४ अर्ब भन्दा बढि मूनाफा कमाएको छ । बैंकले गत वर्षको तुलनामा करिब ४२ प्रतिशतले मूनाफा बढाउँदै ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ खुद मूनाफा कमाएको हो ।
यो भन्दा अघिल्लो वर्ष यस बैंकले २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सेयर पुँजी ४ प्रतिशतले बढेर २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी ९.४७ प्रतिशतले बढाएको यस बैंकको निक्षेप २६.४३ प्रतिशत र कर्जा २०.२६ प्रतिशतले बढेको छ । बैंकको निस्कृय कर्जा पनि १.७६ बाट घटेर १ं.४२ प्रतिशतमा झरेको छ । बैंकको प्रति शेयर आम्दाी ईपीएस पनि बढेर १५.३३ रुपैँँयाबाट १९.०८ रुपैयाँमा पुगेको छ ।यस बैँकसग जनता बैँक गाभिएको थियो ।
प्रतिक्रिया दिनुहोस्