नेपाली कांग्रेसपनि गठबन्धनको दौडधुपमा

काठमाडौं । नेपाली कांग्रेसले अर्को गठबन्धन निर्माण गर्ने भएको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन गर्दै संघ र प्रदेश निर्वाचनमा समेत तालमेल गर्ने घोषणा गरेपछि नेपाली कांग्रेसले पनि गठबन्धन निर्माण गर्ने भएको छ।

गठबन्धनमा कांग्रेससँगै राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिक रहने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्षनेताहरूको बैठकले निर्वाचनका लागि गठबन्धन बनाएर तालमेल गर्ने निर्णय गरेको हो।

संघ र प्रदेश निर्वाचनमा तालेमेलका लागि गठबन्धनले कार्यदल समेत बनाएको छ । कांग्रेसका तर्फबाट दुई जना र अन्य पाँच दलबाट एक–एक जना सदस्य रहने ७ सदस्यीय कार्यदल बनाएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

बैठकले एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन अप्राकृतिक भएको ठहर समेत गरेको छ।

“कांग्रेस ठुलो पार्टी हो। गठबन्धनका लागि कांग्रेस कति गम्भीर हुन्छ त्यसमा भर पर्छ।” राजपाका अध्यक्ष राजेन्द्र महतोले बताए , भोली कार्यदलको बैठक बस्छ। एक दुई दिनमा यसले एउटा निर्णय गर्छ ।

प्रतिक्रिया दिनुहोस्