जम्मा १२ करोड मात्रै सेयर धितो रोखर ऋण लिन पाईने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो रोखर ऋण प्रवाहमा कडाई गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमा सेयर धितो रोखर ऋण प्रवाहमा कडाई गरेको छ हो । । शुक्रबार गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रीक नीतिमा यस्तो कडाई गरेको हो । यस व्यवस्थाअनुसार सेयर धितो ऋणको सीमा बढीमा एक संस्था वा व्यक्तिले ४ करोड देखि बढीमा १२ करोड रुपैयाँ सम्म प्रवाह गर्ने सक्नेछ । कूनै पनि व्यक्तिले एक बैंकबाट बढीमा चार करोड रुपैयाँ भन्दा बढी ऋण लिन पाईने छैन । विभन्न बैंक तथा संस्थाहरुबाट गरेर जम्मा १२ करोड मात्रै सेयर धितो रोखर ऋण लिन पाईने व्यवस्था मौद्रीक नीतिले गरेको छ ।
सेयरको धितो मूल्यांकनको सीमालाई यस अघिकै जस्तो ७० प्रतिशत नै राखिएको छ । सेयार धितोमा गरिएको कडाईले सेयर बजारमा नकारात्मक प्रभाव पर्ने आकलन गरिएको छ । नेपाल बैंकहरुले सेयरमा ५ खर्बको ऋण लगानी गर्न सक्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्