महामलक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने

काठमाडौं , साउन २९ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई मनी ट्रान्सफर सम्बन्धि थप सुविधा प्रदान गर्ने भएको छ । यसका लागि बैंकले इसेवा लागि इसेवा मनि ट्रान्सफरसँंग सम्झौता गरेको छ ।

योसँगै अब बैंकले ग्राहकलाई इसेवा मनि ट्रान्सफरमार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउने भएको हो ।सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट इसेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरूसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्