चितुवाको छालासहित दुई युवा पक्राउ
काठमाडौँ २९, साउन। प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
प्रहरीले चितुवाको छालासहित मंगलबार पाल्पा स्थित देउराली भन्ने स्थानबाट दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका, ७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, २ फिट १ ईन्च चौडाई भएको १ थारिन चितुवाको छाला प्रहरिले बरामद गरेको छ । मुझुङ बतासेबाट तानसेनतर्फ जाँदै गरेको लु।३७ प ४४४ नम्बरको मोटरसाइकललाई लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह दाङ र प्रहरी चौकी हार्थोकबाट खटिएको संयुक्त प्रहरीटोलीले जाँच गर्ने क्रममा उक्त छाला फेला पारेको प्रहरी जानकारी दिएको छ ।
पक्राउ परेका उनीहरुलाई थप अनसुन्धानको लागि डिभिजन वन कार्यालय पाल्पामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्