आईएमई लाइफद्वारा २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी
काठमाडौं , साउन २८ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले २५ लाख घातक रोग बिमाङ्क रकम भुक्तानी दिएको छ ।
हेटौँडा शाखा कार्यालयबाट गत वर्ष जीवन बिमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुनेगरी २५ लाख बराबरको बिमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।
बिमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बिमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो ।
कम्पनीले पछिल्लो समय विभिन्न २१ घातक रोगहरूविरुद्ध रक्षावरण हुने बिमालेख योजना ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्