सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान

काठमाडौं,साउन २८ । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तिमान कायम गरेको छ। साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से १६ दसमलव ४१ अंकले बढेर तीन हजार एक सय ७९ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि पाँच दसमलव ४६ अंकले बढेर पाँच सय ९१ दसमलव १६ बिन्दुमा चढेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको एक लाख ५४ हजार छ सय ६० पटकको कारोवारमा आज तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्तँ सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा आज कारोवार रकम १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर हरियो भएकाछन भने छ वटा समुहको सचुक घटेर रातो भएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ९९ अंकले बढेर दुई हजार एक सय २४ दसमलव ९४ बिन्दुमा चढेकोमा फाईनान्स समुहको सुचक पनि ३१ दसमलव ७७ अंकले बढेर तीन हजार १२ दसमलव ९६ बिन्दुुमा चढेको छ ।

यसैगरी बिकास बैंक, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युत समुहको सुचक भने २४ दसमलव आठ अंकले घटेर तीन हजार आठ सय १३ दसमलव छ बिन्दुमा झरेकोमा निर्जिवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र लघुबित्त समुहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रुरु जलबिद्युत कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर एक हजार तीन सय ३१ रुपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एभरेष्ट बैंकको कन्र्भटेवल प्रिफरेन्स सेयरको मुल्य पाँच दसमलव ७६ प्रतिसतले घटेर सात सय चार रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अपरतामाकोशी हाईड्रो पावर कम्पनीको भने प्रतिकित्ता आठ सय ७४ रुपैयाँ अन्तिम मुल्यमा ६२ करोड ७९ लाख ९७ हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्