असोज १८, २०५९ को शाही घोषणा

तत्कालीन राजा ज्ञानेन्द्रको २०५९ असोज १८को शाही घोषणा! नेपालको इतिहासमा यो घोषणा निकै महत्त्वपूर्ण मानिन्छ। तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ जेठमा तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा जननिर्वाचित प्रतिनिधि सभा भङ्ग गरी सोही साल असोजमा राजकीय सत्ता आफ्नो हातमा लिएका थिए। माघ १९को दिन यो घोषणा गरेपश्चात् पञ्चायती व्यवस्थाकालिन आफ्ना केही सहयोगी लिएर राजाले प्रत्यक्ष शासन गरेका थिए। यस समयमा प्रेसमाथि सेना प्रयोग गरी नियन्त्रण गर्ने प्रयास गरिएको थियो। विभिन्न निजी रेडियो र टेलिभिजन स्टुडियोमा आक्रमणको शैलीमा सेना प्रवेश गरी उपकरणहरू लुट्ने कार्य भएको थियो।

प्रकारान्तरले यो घोषणा उनको लागि मात्र नभै नेपालको राजतन्त्रका लागि नै घातक सिद्ध भयो। सबै राजनीतिक दलहरू आन्दोलनमा उत्रिए। १० वर्ष सम्म सशस्त्र युद्ध गरिरहेको माओवादी पनि आन्दोलनमा सरिक भयो र अन्तत राजाले विघटीत प्रतिनिधिसभा पुनर्स्थापित गर्न बाध्य भए। त्यसपछि भएको संविधानसभाको निर्वाचनले देशबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना भयो।

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
प्रतिक्रिया दिनुहोस्