क्रियाशील सदस्यता पारदर्शी नभए कडा कदम चाल्ने कांग्रेस जिल्ला सभापतिको चेतावनी

काठमाडौं , साउन २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतरका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको विषय पारदर्शी रूपमा टुंग्याउन नेतृत्वलाई आग्रह गरेका छन्।

साउन २५ र २६ गते राजधानीमा भेला भएका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूको भेलाले क्रियाशील सदस्यताको विषय पारदर्शी बनाउन नेतृत्वलाई दबाब दिने निर्णय गरेको हो।

भेलाबारे बुधबार विज्ञप्ति जारी गर्दै उनीहरूले क्रियाशील सदस्यताको विषय पारदर्शी बनाउन माग गरेका हुन्। विज्ञप्तिमा क्रियाशील सदस्यता निर्धारणलाई पारदर्शी र न्यायपूर्ण नबनाए कडा कदम चाल्न बाध्य हुने उल्लेख गरिएको छ।

भेलाले पार्टीको वैधानिकता सुनिश्चित हुने गरी १४औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रतिबद्धतासहितको सामूहिक निर्णय गरेको जानकारी विज्ञप्तिमार्फत गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्