झिनो अकंले बढ्यो नेप्से, १५ अर्बको कारोबार
काठमाडौं , साउन २७ । साताको चौथो कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ०.९४ अंकले बढेको छ ।
यसदिन कारोबारको अन्तिमसम्ममा नेप्से परिसूचक ०.०३ प्रतिशतले बढेर ३१६२.५९ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने २.३८ अंकले घटेर ५८५.७१बिन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ उपसमूहका सूचक मात्र बढेको छ भने अन्य ८ वटा उपसमूहहरू घटेका छन् ।
त्यस्तै, २ सय २४ कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको खरिद बिक्री भएको छ ।
त्यस्तै, यस दिन रुरु जलविद्युत, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्