लक्ष्मी बैंकको १३३ औं शाखा काठमाडौंको क्षेत्रपाटीमा पनि

काठमाडौं, साउन २७ । लक्ष्मी बैंकले आफ्नो नयाँ शाखा काठमाडौंको क्षेत्रपाटीमा पनि विस्तार गरको छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १३३औं शाखा काठमाडौं महानगरपालिकाको वडा न। १७ छेत्रपाटीमा विस्ता गरि संचालनमा ल्याएको हो ।

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको जनाएको छ ।
सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्