प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा (भिडियोसहित)
काठमाडौं, साउन २५ । अहिलेको सांगीतीक बजारमा प्रकाश सपुतको ‘कुरा बुझ्न पर्च’ गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा रहेको छ ।
गीत गत शुक्रबार साँझ सार्वजनिक भएको हो । गीत बजारमा आएपछि यो गीतले चर्चा निकै बटुलेको छ । यसका कारण पनि तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
लिसकेको छ। गायकरसर्जक प्रकाश सपुतको रचना/सङ्गीत रहेको सो गीतमा गायिका शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर छ।
गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएपछि गायक सपुत उत्साहित छन्। उनले गीतमा महिलाको आत्मसम्मान र स्वतन्त्रताको विषयलाई उठान गरेका छन् ।
समाजका विविध मुद्दालाई आफ्ना सिर्जनामा मुखरित गर्न पोख्त उनको गत वर्ष सार्वजनिक तीज गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा आएको थियो।
भिडियोमा कलाकार स्वस्तिमा खड्का, आँचल शर्मा, लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत र सुनील विकको अभिनय छ।
अभिनेत्रीद्वय खड्का र शर्मालाई मुख्य पात्रका रुपमा प्रस्तुत गरिएको छ।गीतको भिडियो निर्देशन पनि गायक सपुतले नै गरेका हुन।
तीज पर्व नजिकिएसँगै तीजका भाका युट्युबमा छाउन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्