एनएमबि बैंकको घर कर्जामा ५ वर्षसम्म फिक्स्ड ब्याजदर

काठमाडौं , साउन २२ । एनएमबि बैंकले वार्षिक ८. ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा योजना ल्याएको छ ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने तथा २५ वर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा भने बैंकले प्रति वर्ष ७.९९ प्रतिश्त मै कर्जा प्रदान गर्दै आइरहेको जनाएको छ ।

डेरा भाडा तिर्ने पैसाले आफ्नै घर खरिद गर्न सकिने सपना पुरा गर्न यस योजनाले सघाउ पु¥याउने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्