नेपाल टेलिकले ल्यायो सीयूजी सेवामा आबद्ध हुने ग्राहकका लागि अफर

काठमाडौं, साउन २२ । नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप सीयूजी सेवामा आबद्ध हुने ग्राहकहरूका लागि नेपाल टेलिकमले विभिन्न अफरहरू ल्याएको छ ।

कर्पोरेट ग्रुपमा आबद्ध सदस्यहरूको आवश्यकतालाई दृष्टिगत गरी दुई सय रुपैयाँ, पाचँ सय रुपैयाँ, एक हजार रुपैयाँ र १५ सय रुपैयाँका दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराएको टेलिकमले ङ्घजनाएको छ ।

कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले दुई सयको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने० र १० मिनेट अफ नेट ९अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा रहेको छ । त्यस्तै ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्ने टेलिकमले जनाएको छ ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले पाचँ सय रुपैयाँको प्याकेजअन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कलबाहेक ५०० मिनेट अननेट र ५० मिनेट अफनेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्ने टेलिकमले उल्लेख गरेको छ ।

यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले एक हजार रुपैयाँ र १५ सय रुपैयाँका अन्य प्याकेजसमेत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

एक हजार रुपैयाँको प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने बताइएको छ ।

टेलिकमका अनुसार यो प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी १५ सय रुपैयाँको प्याकेजअन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिने टेलिकमले जनाएको छ ।

कुनै संस्थारकार्यालयले ग्रुपमा सहभागी गराउनुपर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार न्यूनतम १० जना प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्तालाई समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।

 

प्रतिक्रिया दिनुहोस्