ग्लोबल आईएमई बैंकले ल्यायो एकै पटक सात नयाँ शाखा सञ्चालनमा

काठमाडौं , साउन २१ । ग्लोबल आईएमई बैंकले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उपत्यकामा ६ सहित कुल सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले काठमाडौंको सीतापाइला, बालाजु चोक र असन, ललितपुरको धोबीघाट र भैँसेपाटी, भक्तपुरको गठ्ठाघरका साथै धादिङको धादिङबेसी, बिचबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

देशका ७७ मध्ये ७६ जिल्लामा फैलिएको बैंकले २८० शाखा, २४८ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखारहित बैंकिङ सेवा र तीन अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्