एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एकजना पक्राउ

काठमाडौं , साउन २१ । काठमाडौंमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–६, बौद्ध, टुसालस्थित बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामाकाठमाडौंको गोकर्णेश्वर नगरपालिका–६, नारायणटार बस्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१, भोटेचौर घर भएका ३४ वर्षीय विनोद चौलागाईं पक्राउ परेका हुन् । उनलाई गए राति प्रहरीले पक्राउ गरेको हो ।

राति करिब साढे १ बजेको समयमा उक्त एटीएम फुटाउँदै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्