नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक समूहको शेयर लिलाम बिक्रीमा

काठमाडौं, १८ साउन । राष्ट्रिय स्तरको वित्तिय संस्था नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ।

लघुवित्तले ६५ हजार ७६० कित्ता संस्थापक शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १७ गतेदेखि ३१ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। संस्थाले सूचना प्रकाशसन गर्दै यस्तो आह्वान गरेको हो ।

संथाले सो शेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतम शेयरका लागि कुनै हद तोकिएको छैन।

लघुवित्तको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्