सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकताः डा शशांक कोइराला

काठमाडौं । नवलपरासीको देवचुलीमा नेपाली काँग्रेस देवचुली नगरकार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा शुभकामना कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिगो शान्ति, समृद्धि र संविधानको कार्यान्वयनका लागि सबै दलबीच सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता कोइरालाले काँग्रेस निर्णायक शक्ति बन्न नसकेकाले मुलुकमा प्राप्त राजनीतिक सफलतालाई संस्थागत गर्न नसकिएको जिकिर गरे ।

साथै यसका लागि आशन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउनका लागि सहयोग गर्न सबैलाई आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्