शेयर बजार परिसुचक नेप्से आज झन्डै ५५ अङ्कले बढ्यो
काठमाडौं, साउन १० । हप्ताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । शेयर बजार कारोबार मापक नेप्से आज झन्डै ५५ अङ्कले बढेको छ ।
होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ ।
आज बैकिङ समूहको शेयर ७२ अङ्कले, व्यापारको झन्डै तीन अङ्कले, विकास बैंकको १३ अङ्कले, जलविद्युतको ७१ अङ्कले, फाइनान्सको २५ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर ८६ अङ्कले बढेको छ । यस्तै जीवन बीमा समूहको शेयर ३१ अङ्कले, निर्जीवन बीमाको ४८ अङ्कले, उत्पादनको ७२ अङ्कले र अन्य समूहको शेयर ६ अङ्कले बढेको छ ।
आज दुई सय २३ कम्पनीका चार करोड ४१ लाख कित्ता शेयर १४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बैंक र ग्लोबल आईएमई बैंकको शेयर ४९र४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
आज विशाल बजार कम्पनी, सर्पोट लघुवित्त, ङादी जलविद्युत्, राधी जलविद्युत्, पञ्चकन्यामाई हाइड्रो, जोशी हाइड्रो, कालिका पावर, युनिभर्सल पावर र हिमालयन ऊर्जा विकास कम्पनी गरी नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि लक्ष्मी उन्नति कोष, कुमारी इक्विटी फन्ड र लक्ष्मी डिबेन्चरको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्