अब बिगमार्टमा एनएमबिका ग्राहकहरुलाई २५ प्रतिशत सम्मको छुट
काठमाडौं , साउन । आ एनएमबि बैंकका ग्राहकहरुले बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ । साथै आगामी दिनमा पनि ल्याउने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्