प्रभु बैंकले २ लाख बढी कित्ता संस्थापक सेयर बेच्दै
काठमाडौँ, साउन ८ । प्रभु बैंकले दुई लाख दुई हजार एक सय ८६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
त्यसका लागि खरिद गर्न चाहने विद्यममान संस्थापक सेयरधनीलगायत इच्छुक व्यक्ति तथा संगठित संस्थालाई साउन २९ गते दिउँसो १ः३० बजेभित्र सिलबन्दी बोलपत्र पेस गर्न सूचना जारी गरिएको छ।
उक्त सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। एनएमबीको नागपोखरी कार्यालयमा इच्छुकहरुले आफूले किन्न चाहेको कित्ता र दररेट तोकिएको शर्तमा अधीन रही गोप्य सिलबन्दी बोलपत्रको आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता वा सोभन्दा बढीको लागि १० ले भाग जाने संख्यामा वा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।
५ लाखसम्मको आवेदन दिनेले स्वैच्छिक रुपमा र ५ लाखभन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर समेत आवेदन फारममा उल्लेख गर्नुपर्नेछ।
आवेदन दिने सुरु मिति साउन १५ र अन्तिम मिति २९ गते रहेको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्